काठमाडौं । मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । महानिरीक्षक पदका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरु सुदीप गिरी र टेकबहादुर तामाङ समेत दाबेदार रहेतापनि मन्त्रिपरिषद्ले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।
थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुखका रुपमा कार्यरत छन् । उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए। यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।
© 2025, All right reserved to Uttargaya Daily
Site by: Trishuli Web