बिदुर । बिदुर नगरपालिकाले कृषकहरुलाई दुध उत्पादनतर्फ उत्प्रेरित गर्न प्रोत्साहन रकम उपलब्ध गराउन थालेको छ । ‘उत्पादन दुधमा प्रोत्साहन कार्यक्रम’ कार्यक्रम अन्तर्गत विदुर नगरपालिका मार्फत गत पुस र माघ महिनामा लिइएको तथ्यांकको आधारमा दैनिक कम्तिमा १० लिटर दुध डेरीमा बिक्रि गर्ने किसानलाई प्रति लिटरमा तीनरुपैयाँ पचास पैसा प्रोत्साहन रकम नगरपालिकाले उपलब्ध गराउन थालेको छ । कृषक प्रोत्साहन कार्यक्रमको मंगलबार विदुर नगरपालिका वडा नम्वर ५ को पिपलटार स्थित भट्ट डेरी सप्लायर्समा आबद्ध कृषकहरुलाई प्रोत्साहन रकम उपलब्ध गराएर नगरप्रमुख राजन श्रेष्ठले सुरुवात गरे । त्यसक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल , वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, वडा नम्वर ४ का वडा अध्यक्ष निलमबाबु ढुंगेलले स्थानीय सरोकारवाला र लाभग्राही कृषकहरुसंग दुध उत्पादन, बजार र समस्याहरुका बारेमा अन्तरक्रिया समेत गरेका थिए ।

सम्बन्धित खवर