बिदुर । नुवाकोटको म्यागङ गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषित भएको छ । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले गाउँपालिलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरे । त्यसक्रममा साँसद महतले नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक मर्मको ब्यवहारिक कार्यक्रमको सुरुवात हुनु सुखद रहेको बताउँदै कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्ध प्रयत्न रहनुपर्नेमा जोड दिए । साँसद महतले म्यागङ गााउँपालिका पर्यटन प्रबद्र्धनका लागि प्रचुर सम्भावना बोकेको पालिका भएकाले यसलाई सार्थक बनाउने सबै तहका सरकारहरुबिच समन्वयात्मक सहकार्य हुनुपर्ने धारणा समेत ब्यक्त गरेका थिए । कार्यक्रममा साँसद महतले गाउँपालिका अध्यक्ष आशा लामा र ६ वटै वडाका वडा अध्यक्षहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको प्रमाणपत्र समेत बितरण गरेका थिए ।
बिदुर । नुवाकोटको म्यागङ गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषित भएको छ । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले गाउँपालिलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको गाउँपालिका घोषणा गरे । त्यसक्रममा साँसद महतले नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक मर्मको ब्यवहारिक कार्यक्रमको सुरुवात हुनु सुखद रहेको बताउँदै कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्ध प्रयत्न रहनुपर्नेमा जोड दिए । कार्यक्रममा साँसद महतले म्यागङ गााउँपालिका पर्यटन प्रबद्र्धनका लागि प्रचुर सम्भावना बोकेको पालिका भएकाले यसलाई सार्थक बनाउने सबै तहका सरकारहरुबिच समन्वयात्मक सहकार्य हुनुपर्ने धारणा समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणाले म्यागङको समृद्धिका लागि महत्वपूर्ण आधार तयार भएको बताउँदै यसको कार्यान्वयनमा देखिएका जटिलतालाई हटाउँदै सार्थक कार्यान्वयनमा पालिका सदैब प्रयत्नरत रहने बताए । कार्यक्रममा पालिकाकी उपाध्यक्ष सीता तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत देबकी सिंखडा, नुवाकोट जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ तथा बिभिन्न वडाका वडा अध्यक्षहरुले अनिवार्य तथा निःशुल्क शिक्षाको महत्व, कार्यान्वयनका चुनौती लगायतका बिषयहरुमा आ–आफ्ना धारणाहरु राखेका थिए ।
यसअघि सोमबार नै म्यागङ गाउँपालिका वडा नम्वर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा गरिएको थियोे । म्यागङका पाँचवटा वडाहरु यस अघि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको वडा घोषणा भईसकेका थिए । आगामी सन् २०२५ सम्म बागमती प्रदेशका सबै स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरि प्रदेश घोषणा गर्ने कार्यक्रमलाई प्रदेश गौरबको कार्यक्रमका रुपमा लिँदै बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि स्थानीय तहहरुलाई सहयोग गर्दे आएको छ ।

सम्बन्धित खवर