नुवाकोट – आँट र भरोसा हुनेलाई व्यवसाय गर्न भौगोलिक विकटताले छेक्न सक्दैन भन्ने नौलो उदाहरण बनेकी छिन् – सुमित्रा तामाङ । निर्माणाधीन मध्यपहाडी राजमार्ग अन्तर्गत म्यागाङ गाउँपालिका-५ सामरी बजारमा उनले गत असारदेखि सञ्चालनमा ल्याईएको बेकरीले गाउँमै युवाहरु रोजगारीको सिर्जना गरेको छ ।
बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, ‘कुकिज’, पाउरोटी, ‘कपकेक’ जस्ता मीठा परिकार बनाउने उद्योगको संख्या बढ्दो छ। यसैक्रममा ‘सुमी केक घर’ ग्रामिण भेगमा नमुना नै बनेको छ । ६०० रूपैयाँ पर्ने केकदेखि प्रतिपाउन्ड दुई हजार तीन सय रूपैयाँसम्म पर्ने ‘स्ट्यान्डर्ड’देखि ‘प्रिमियम’ क्वालिटिको केक उपलब्ध छ ।
‘जन्मदिन भन्ने बित्तिकै धेरैलाई केकको याद आउँछ । तर, गाउँघरमा बेकरी उद्योग नहुदाँ जन्मदिनलाई मनाउन केक कोलनीदेखि ल्याउने बाध्यता थियो ।’ उनी भन्छन्, ‘दिउँसो ल्याएको केक छरछिमेक, आफन्तले बुबाको पसलको ‘डिपफ्रिज’मा राख्दा केक स्वरूपनै बिग्रने, न स्वाद न आकार देखेर गाउँमै ताजा परिकार खुवाउन बेकरी खोलेकी हुँ ।’
करिब १० वर्ष अन्तर्राष्ट्रिय हवाईसेवा ‘कतार एरलाइन्स‘मा कार्य गरेकी सुमित्रा सुविधा सम्पन्न जीवनयापनपछि माईती आएर करिब १० लाख लगानी गरेर बेकरी उद्योगमा रुमलिदैं छिन् । एरलाइन्समा काम गर्दा कामदारको रूपमा काम गरियो । अरूको काम गर्दा स्वतन्त्र नहुने । आफै व्यवसायी वा उद्यमी भएर गाउँघरमा रोजगारी दिन सकिने मनसायले बेकरीमा लागेको उनीले बताइन् ।
उनको पतिको पनि नारायणगढमा बेकरी छ । स्थापित ‘सवारी बेकरी’का सञ्चालक रहेका पतिबाट बेकरीका परिकार बनाउन सिकेको सीप सदुपयोग गर्दै उनले अहिले बेकरी उद्योग सञ्चालन गरेको हो । स्वलगानी गरी खोलेको बेकरी उद्योगबाट आसपासका गाउँमा बेकरी उत्पादनका परिकार बिक्री गरेर आम्दानी गर्दै छिन् ।
बेकरीमा २० भन्दा बढी ‘फ्लेवर’का केक बन्छ । तर गाउँघरमा केक भन्ने बित्तिकै ‘ब्ल्याक फोरेस्ट’, ‘भेनिला’ लगायत चार किसिमको मात्र चिन्छ, ‘अर्डर’ हुन्छ । अन्य स्वादका केकको स्वाद लिनको आफै ग्राहकलाई बुझाउने र अनुरोध गर्ने गरेको उनले बताईन् ।
उनलाई बेकिङमा खुबै रूचि छ । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट समेत एक महिने बेकारको तालिम लिएकी उनले बेकरीमा दुई जनालाई रोजगारी दिएको छ । केही समयपछि ‘डेलिभरी’ सेवा विस्तार गर्न लागेको छु । थप एक जनालाई रोजगारी दिनेछु ।
‘बेकरीको तालिम दिन आफु सक्षम रहेको छु । वैदेशिक रोजगार जानेलाई झनै सहज हुने बेकरको सीप तर यहाँ तालिम लिनेको कमि छ’, उनले भनिन् ‘बेकरको सीप भएका मानिसको तबल पनि राम्रो काम पनि राम्रो हुन्छ । काम पाउन सहज हुन्छ ।’
‘केक सुरक्षित रूपमा पुग्नुपर्छ। डेलिभरी गर्दा वा ग्राहकले स्वयम् केक लग्दा होशियारपूर्वक लैजान भन्छौं, उहाँहरूलाई सहयोग पनि गर्छौं,’ उनले भनिन् ।
स्वास्थ्यमा निकै सहज रहेकी उनले भनिन् ‘जङ्कफुड’ चाउचाउ, बेस्कुटभन्दा बेकरी उत्पादनका ताजा दुनोट, केक, पाउरोटीलगायतका खाद्य परिकार लाभदायिक हुन्छ । खाद्य परिकारमा गुणस्तर निकै महत्त्वको पक्ष हो । उच्च गुणस्तरले व्यवसायी र ग्राहक दुवैलाई लाभ हुन्छ। बेकरीमा डाल्टा घ्यूको प्रयोग गर्दिन । ताजा क्रिम प्रयोग गर्छु ।’
बेकरीलाई आवश्यक क्रिम नेपालमा पनि बन्छ । तर चाँडै फाटिने, स्वाद बिग्रने हुन्छ । प्रायः भारतमा बनेको चै राम्रो छ । केकलाई आवश्यक अण्डाको लागि ‘पोल्ट्री’ व्यवसाय पनि सुरू गर्ने सोचमा रहेको बताईन् ।
गाउँमै बेकरी खोल्दा ताजा परिकारको कारण जिब्रोले पनि स्वाद फेर्न मौका पाएको छ । ग्रामसेवा विद्याश्रम माध्यमिक विद्यालय नजिक भएर पनि दैनिक कारोबारमा सहज भएको छ । गाउँका विद्यालयमा उनले उत्पादन गरेका परिकार खाजाको रूपमा बिक्ने गरेको छ । कतिपय विद्यालय, सङ्घ/संस्थाले समयसमयमा अर्डर नै दिने गरेको उनले जानकारी दिईन् ।
‘अहिले खासै बजार प्रबर्द्धन गरेको छैन’, उनले भनिन् ‘विज्ञापन नगरेपनि बेकरीले म्यागङ गाउँपालिकाका सबै क्षेत्र र धादिङ जिल्लाको सिमाना क्षेत्र सेमजोङ, चौतारा, टिकडुङ, घोप्टिनि, थपुलगायतका स्थानसम्म सेवा दिदैँ आईरहेको छु ।’
समाजसेवामा पनि उत्तिकै लागेकी सुमित्राले स्थानीय विद्यालय, खेलकुदलगायतका कार्यक्रममा समयसमय सहयोग गर्दै आईरहेकी छिन् ।
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो ‘स्वरोजगार’ को कथा छ भने हामीलाई (dabalikhabar@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
