२८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालको महाधिवेशन आयोजक समिति संयोजक रोशन थापा बनेका छन् ।

इञ्जार्ज लक्ष्मण केसीले वक्तव्य जारी गरी थापा संयोजक रहेको आयोजक समिति बनाइएको जानकारी दिएका हुन् । यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ ।

आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई बनेका छन् ।

आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापासहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

सम्बन्धित खवर