६ असार, नुवाकोट । पिपलटारमा जारी प्रथम विदुर मेयर कप क्रिकेट प्रतियोगिताको फाईनल विदुर नगरपालिका वडा नम्बर ४ प्रवेश गरेको छ ।
शुक्रबार बिहान भएको पहिलो सेमिफाईनल खेलमा विदुर-७ लाई ३ विकेटले पराजित गर्दै विदुर-४ फाइनलमा पुगेको हो ।
टस जितेर बलिङ गर्दै विदुर-४ ले विदुर-७ लाई १०९ रनमा समेटेको थियो ।
जवाफमा ११० रनको लक्ष्य लिएर मैदान उत्रिएको विदुर-४ ले १८.३ ओभरमा ७ विकेट गुमाएर ११३ रन बनायो ।
खेलको म्यान अफ दि म्याच विदुर-४ का विकास लामिछाने भए । उनले २९ रन बनाए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
