३० असार, विदुर । नुवाकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

आज विदुरमा आयोजित कार्यक्रममा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले नुवाकोट जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । 

प्रमुख ठकुरी र जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीलाई स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका सदस्य उत्तम प्याकुरेलले नुवाकोट जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे ।

जिल्लाको १२ वटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो ।

सम्बन्धित खवर