चितवन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले अव प्रदेश सरकारले गौरब गर्नसक्ने योजनाहरुको कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताउँदै टुक्रे योजनाहरु स्थानीयतहले नै कार्यान्वयन गर्ने गरी सहजिकरण गरि आवश्यकतामा आधारित योजना प्रणाली बिकसित गरिने स्पष्ट पारेका छन् । नागरिकका अनन्त चाहना र आवश्यकता अनि सरकारको स्रोतको सिमितता बिच सन्तुलन मिलाउँदै प्रदेश सरकार अघि बढ्ने समेत मुख्यमन्त्री बानियाको भनाई थियो ।

शनिवार चितवन उद्योग संघको ३४ औं बार्षिक साधारणसभा तथा १८ औं अधिबेशन उद्घाटनका क्रममा मुख्यमन्त्री बानियाले कुरा धेरै गर्ने तर काम नगर्ने प्रबृत्तीले नागरिकमा केही हदसम्म निरासा बढेको बताउँदै आफू र आफ्नो नेतृत्वको प्रदेश सरकार परिणाममुखी नतिजा निकाल्ने गरि क्रियाशिल रहने स्पष्ट पारे । मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको उद्योग बाणिज्य क्षेत्रको बिकास र समस्या समाधानमा आवश्यक सबै उपाय अवलम्वन गरिने बताउँदै त्यसक्रममा मुख्यमन्त्री बानियाले ठोरी नाकाको सहज संचालनपछि चितवन र समग्रमा बागमती प्रदेशकै आर्थिक बिकासको ढोका खुल्ने भएकाले यसका लागि आवश्यक समन्वय र पहल गरिने बिश्वास समेत दिलाए ।

कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी पौडेलले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्योग क्षेत्रको बिकासमा सबै तहका सरकारहरुको समन्वयात्मक पहल रहनुपर्नेमा जोड दिँदै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा ब्यक्त गरेकी थिईन् ।

सम्बन्धित खवर