बिदुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन १७ गते नुवाकोटको बट्टार आउने भएका छन् । नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्वर २ को आयोजनामा हुने चुनावी सभालाई संबोधन गर्न सभापति थापा बिदुर नगरपालिका वडा नम्वर ४स्थित बट्टार घण्टाघरमा आउने कार्यक्रम तय भएको छ । काँग्रेस क्षेत्र नम्वर २ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक जगतबहादुर तामाङका अनुसार चुनावी सभामा काँग्रेस सभापति थापासहित केन्द्रीय र जिल्लास्तरका नेताहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार जगदीश्वरनरसिंह केसीको पाँचबर्षे प्रतिबद्धता समेत सार्वजनिक गरिने क्षेत्रीय प्रचार प्रसार समितिले जनाएको छ ।

सम्बन्धित खवर