हेटौडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीहरुको उपचार तथा सहयोगको लागि कोभिड विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।
बिहिबार महासंघका महासचिव कृष्णसारु मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ “कोषमा महासंघ प्रदेश समितिले दुईलाख पचास हजार रुपैयाँ जम्मा गरेको छ ।”
यस्तै, विज्ञप्तिमा भनेको छ “कोषमा सहयोग गर्न चाहने सञ्चारकर्मी, सञ्चारमाध्यम, सरकारी तथा गैह्र सरकारी निकाय, व्यवसायी तथा अन्य शुभेच्छुकहरुलाई महासंघको राष्ट्रिय बाणिज्य बैंक हेटौंडामा शाखामा रहेको खाता(नामः नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समिति, खाता नम्बर १३००००३६६१०१० मा रकम जम्मा गरिदिन आग्रह समेत गरेको छ।”
महासंघ कोषबाट प्रदेश अन्तर्गतका जिल्ला शाखाहरूलाई सञ्चारकर्मीहरूको कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारमा सहयोग गर्ने प्रदेश अध्यक्ष देवकोटाले दिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
