विदुर – नुवाकोटमा कोरोनाभाइरसको ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ। सबै उमेर समूहमा तीव्र संक्रमण हुने यो भेरियन्ट नुवाकोटका चार जनामा पुष्टि भएको हो ।
जिल्ला अस्पताल त्रिशुलीका अनुसार, त्रिशुली अस्पताललो पिसिआर प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका चार वटा स्वाबका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जेने स्विकेन्सिग गर्न पठाईएकोमा तीन वटा स्वाब नमुनाहरुमा डेल्टा बि ६१७.२ र एक वटामा डेल्टा प्लस बि १६७.२ प्लस के ४१७ एन प्रमाणित भएको छ । यो सँगै नुवाकोटमा ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डन्ट तथा बरिष्ठ कन्सल्टेण अर्थोपेडिक सर्जन डा. दिपेन्द्र पाण्डे बताए ।
पहिलो लहरको कोरोना अल्फा भेरियन्ट, दोश्रो लहरको कोरोना डेल्टा भेरियन्टभन्दा कोरोना डेल्टा प्लस भेरियन्ट ६० प्रतिशतदेखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको अनुसन्धानले जनाएको छ ।
डेल्टा प्लस भेरियन्ट बालबालिकादेखि बृद्धबृद्धासम्मका सबै उमेर समुहका व्यक्तिहरुलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको र सो डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
