नुवाकोट – स्थानीय युवा क्लबहरुको संयुक्त आयोजनामा तुप्चेमा यहि चैत ४ र ५ गते दुई दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान हुने भएको छ ।
आदर्श जनकल्याण, जन जागृती, न्यून तुप्चे, वेत्रेश्वर र स्टार साहुगाउँ युवा क्लबको संयुक्त आयोजना र नेपाल ड्रिम पथको सहकार्यमा दुई दिने स्वास्थ्य शिविर आयोजना हुन लागिएको हो ।
विदुर नगरपालिका वडा नम्बर ७ स्थित तुप्चेस्थित अक्करे स्वास्थ्य इकाईमा हुने शिविरमा स्त्री तथा प्रसुति, हाडजोर्नी, नशा रोग, छाला तथा यौन रोग, दन्त सेवा, रेडियोलाजी तथा प्रयोगशाला सेवा सम्बन्धि निःशुल्क चेक जाँच हुने आयोजक आदर्श जनकल्याण युवा क्लबका अध्यक्ष भीमसेन बोगटीले जानकारी दिए ।
त्रिशुली अस्पताल र छाउनी अस्पतालमा कार्यरत चिकित्सकहरुको टोलिले स्वास्थ्य सेवा दिने शिविर संयोजक रामशरण प्याकुरेलले बताए । चिकित्सकको पुर्जीअनुसार बिरामीहरुलाई औषधि पनि नि:शुल्क वितरण गरिने उनले बताए ।
दुईदिने नि:शुल्क शिविरबाट करिब सातसय बिरामी लाभान्वित हुने आयोजकले बताएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
