नुवाकोट – फलाटे युवा सेवा समाज क्लबद्वारा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि नमोबुद्द युवा क्लब (पुरुषतर्फ) र म्हेन्दो फोले युवा क्लब (महिलातर्फ) ले प्राप्त गरेका छन् ।
तारकेश्वर गाउँपालिका फलाटेमा बिहिबार भएको प्रतियोगितामा पुरुषतर्फ २५ टिम र महिलातर्फबाट आठ टिम गरि ३३ टिमको सहभागी थियो।
प्रतियोगिताका विजयीले नगद पुरस्कार रु १६ हजार र उपविजेताले रु आठहजार प्राप्त गरेका छन् । उपविजेता हुनेमा पुरुषतर्फ लर्केप युनाइटेड युवा क्लब र महिलातर्फ सयपत्री युवा क्लब रहेका छन् ।
प्रतियोगितामा चन्द्र सुर्य युवा क्लबले अनुशासनात्मक खेल प्रदर्शन गरेरबापत अनुशासन टिमबाट सम्मानित भएका छन् ।
विजेताहरुलाई नेकपा माओवादी नुवाकोट तार्केश्वरका अध्यक्ष युवा नेता तथा समाजसेवी सोमबहादुर तामाङले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
