बिदुर । बिगत केही दिनदेखि बिदुर नगरपालिका वडा नम्वर १० र वडा नम्वर ७ स्थित १ नम्वर पुलमा तस्वीरमा देखिएको दृश्य भाईरल बनिरहेको छ । नेपाल बिद्युत प्राधिकरणको त्रिशूली जलबिद्युत केन्द्रका लागि पानी ल्याउने प्रयोजनका लागि निर्मित टनेलसहितको यो पुलबाट पानी ‘ओभरफ्‌लो’ भई नदीमा झर्न थालेपछि तस्वीर र भिडियो खिच्ने प्रयोजनका लागि त्यहाँ पुग्नेहरुको संख्यामा बढोत्तरी हुन थालेको छ । तस्वीर र भिडियो खिचेर सामाजिक सञ्जालमा लोकप्रिय हुने चाहनाले नदीको बिचसम्मै जाने प्रबृत्ती बढिरहँदा त्यसले दुर्घटनाको जोखिम समेत बढाईरहेको छ । उक्त स्थानमा संभावित दुर्घटना न्यूनिरकरणका लागि संबन्धित पक्षको ध्यान जानुपर्ने स्थानीयहरुको भनाई छ ।

सम्बन्धित खवर