विदुर – नुवाकोटमा थप ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
योसँगै नुवाकोटमा संक्रमण पुष्टि हुनेको संख्या एकहजार ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा होम आईसोलेसनमा बस्नेको सङ्ख्या ६६ पुगेको छ ।
सबैभन्दा बढी विदुर नगरपालिकाका नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्ममा १९३ महिला र ४२६ पुरुष गरि ६१९ जनामा सङ्क्रमण भएको छ ।
त्यस्तै, अहिलेसम्म सबैभन्दाकम म्यगाङ गाउँपालिकाका १२ जनामा मात्र सङ्क्रमण भएको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या नौसय ६७ पुगेको छ।
हाल जिल्लामा ६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
