नुवाकोट – संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । मुलुकभरका एकैसाथ जिल्ला प्रशासन कार्यालयहरुमार्फत शुक्रबार सो समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो । उक्त समूहको नुवाकोट जिल्ला कमिटीले जुलुससहित जिल्ला प्रशासन कार्यालय विदुर पुगेर प्रधानमन्त्री ओलीलाई विरोधपत्र र संविधान पुस्तक पठाएको छ ।
जिल्ला अधिकारी झकंनाथ ढकालमार्फत् शुक्रबार प्रचण्ड-माधव समूहले प्रधानमन्त्री ओलीलाई संविधान पुस्तक पठाएको हो ।

नेकपा जिल्ला कमिटी नुवाकोटले जुलुससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीलाई विरोधपत्र र संविधान पुस्तक पठाएको जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले बताए।
संघिय सासंद नारायण प्रसाद खतिवडाले संविधानकाे कुनै पनि धारामा ससंद विघटन गर्ने अधिकार नभएकाे भन्दै देशकाे प्रधानमन्त्रीले पार्टीको मात्र हैन जनताले दिएका मतलाई नै लत्याएकाे धारणा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टि नेकपाको केन्द्रीय संघर्ष समितिको घाेषित कार्यक्रम अन्तर्गत पाैष २६ गते “पाैष ५ काे कदम असंवैधानिक किन?” विषयमा बट्टारमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने कार्यक्रमका संयाेजक युवा नेता उषाकिरण तिमल्सिनाले बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
