नुवाकोट – “स्थानीय कला र संस्कृतिको पहिचान, आन्तरिक पर्यटन प्रबर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आज शुक्रबारदेखि फाल्गुण २२ गतेसम्म प्रथम छहरे ऐतिहासिक महोत्सव तथा व्यापार मेला लिखु नुवाकोट सुरु हुँदैछ।
समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा हुन लागेको हो ।
लिखु गाउँपालिका वडा नम्वर ६ स्थित छहरेको कुमालठाँटीमा हुने महोत्सव र ब्यापार मेलाको पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले उद्घाटन हुने गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठले मेला सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । मेला लिखु गाउँपालिकाको मात्र नभई समग्र जिल्लाकै ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्वहरुको उजागर गरि तिनिहरुको अधिकतम प्रचारप्रसार मार्फत आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना गरिएको उनले बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
