नुवाकोट – विवेकशिल नेपाली दल र साझा पार्टी मिली बनेको विवेकशील साझा पार्टी (विसापा) संगठन विस्तारमा तिब्ररुपमा अघि बढिरहेका छन् । यसैक्रममा विवेकशील साझा पार्टी नुवाकोट जिल्ला समितिको संमायोजन तथा पुनर्गठन सम्पन्न भएको छ।
दामोदर नेपालको संयोजकमा १५ सदस्यीय नुवाकोट कार्य समिति बनेको छ। शुक्रबार नुवाकोट विदुरमा आयोजित कार्यक्रममा कार्य समिति समायोजन/पुनर्गठन सम्पन्न भएको हो।
समितिमा उपसंयोजक कमान सिंह लामा, सदस्यहरुमा
पुर्णमानकुमार श्रेष्ठ, रामकृष्ण रिमाल गौरव, पुर्णलाल श्रेष्ठ, पवित्रा ओझा, कृष्णबहादुर खड्का, पार्वती थापा, बुद्धिबहादुर तामाङ, महेश अधिकारी, राजमान तामाङ, बिष्णु गिरी, श्रीधर न्यौपाने, रुपक कुमाल र प्रवीण थापा रहेका छन् ।
कार्यक्रममा वागमती प्रदेश संयोजक रन्जु दर्शना, उपसंयोजक सुरेन्द्रबहादुर रानाभाटलगायत केन्द्रिय नेताहरु नेताहरु उपस्तिथिमा रहेको थियो ।
देशमा बैकल्पिक राजनीति पार्टीको माग विसापाले पुरा गर्ने बताउदै पार्टीमा आबद्ध हुन बागमति प्रदेश संयोजक दर्शनाले आग्रह गरेकी थिईन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
