काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाईएको छ । संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवनमा बैठक बस्नेछ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।
विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ । विभिन्न समितिका सभापतिले बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
