नुवाकोट – विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा सञ्चालनमा रहेको सुलभ फार्मेसीले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।
फार्मेसीले समुदायस्तरमै फैलदो अवस्थामा रहेको कोभिड-१९ को संक्रमणबाट बच्नको लागि मास्क, सेनिटाईजर र फेस शील्ड सहयोग स्वरुप वितरण गरेको फार्मेसीका सञ्चालक निरन जिसीले जानकारी दिए ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा फेस शील्ड ६० पिस, सर्जिकल माक्स ३ सय थान, सेनिटाइजर ६ लिटर, सेनिटाइजर स्प्रे १ लिटर रहेको छ ।
फार्मेसीले केहि दिन अघि सशस्त्र प्रहरी, त्रिशुली अस्पताल र पत्रकार महासंघ नुवाकोटलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
