नुवाकोट – पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा एकैपटक १२ वटै स्थानीय तहका १५८ जनामा कोरोना संक्रमण भेटिएको हो ।
सोमबारको तथ्यांकअनुसार ३२१ जनाको नमूना पीसीआर परीक्षणमा ९६ पुरुष र ६२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।
कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ८२१ पुगेको छ। सोमबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २१ जना, बेलकोटगढीका १७ जना, ककनीका ३ जना, सुर्यगढीका ५ जना, लिखुका ११ जना, शिवपुरीका १९ जना, पन्चकन्याका २ जना, दुप्चेश्वरका ५ जना, तादीका २७ जना, किस्पाङका १ जना, म्यागङका ३ जना र तारकेश्वरका ४४ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेमा १ हजार ४५६ पुरुष र ७६८ महिला गरी कुल सङ्क्रमितको सङ्ख्या २ हजार २४४ पुगेको छ ।
जिल्लाभरका अस्पतालमा ५६, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ७ जना र ७५८ जना होम आईसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भइ घर फर्केका छन् भएका छन्।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web


