काठमाडौं – कोभिड-१९ को कारणले यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आन्तरिक मूल्यांकनबाट हुने भएको छ ।
सरकारले यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो । जेठ १७ गते साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
आइतबार राष्ट्रिय परिक्षा बोर्डले एसईई यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आफ्नो सुझाव दिएको थियो। सोहीअनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको र त्यहीअनुसार निर्णय भएको वन तथा वातावरण मन्त्री प्रेम आलेले बताए।
यही १३ जेठदेखि एसईई परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि २७ वैशाखमा सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो । देशभर ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
