नुवाकोट – रसुवा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता मोहन आचार्यले त्रिशुली अस्पताल र रसुवा अस्पताललाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् ।

पछिल्लो समय विश्वव्यापी रूपमा फैलिरहेको दोस्रो भेरियन्टको कोभिड-१९ को संक्रमण नुवाकोटमा पनि तिव्र रुपमा फैलिरहेको र नियन्त्रण गर्न त्रिशुली अस्पताललाई नेता आचार्यले स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

नेता आचार्यले बिहिवार त्रिशुली अस्पताललाई एबिजी मेसिन १ थान, सर्जिकल माक्स १ हजार, र मिनिभ्यान्टिलेटर २ थान लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको पूर्व सांसद आचार्यका स्वकिय सचिव सुनिल पौडेलले जानकारी दिए।

यस्तै, आचार्यले रसुवामा पनि जिल्ला प्रशासन कार्यालय रसुवालाई अस्पतालमा प्रयोगमा ल्याउने गरि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् । काँग्रेस नेता आचार्यले आफ्नै निर्वाचन क्षेत्र रहेको तथा गृह जिल्ला रसुवामा मिनि भ्यान्टिलेटर ४ थान, अस्पतालमा प्रयोग हुने वेड ५ वटा, र सर्जिकल माक्स ३ हजार वितरण गरेका छन् ।

सम्बन्धित खवर