नुवाकोट – शिवपुरी गाँउपालिकाले किसानलाई यान्त्रिकरणतर्फ आकर्षित गर्न तथा कम लगानीमा बढी आम्दानी लिनको लागि सहयोग पुर्याउने उदेश्यले किसानलाई हाते ट्याक्टर र थ्रेसर अनुदानमा उपलब्ध गराएको छ ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाका अनुसार चालु आर्थिक वर्षको कृषि सेवा केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत किसानहरुबीच प्रतिस्पर्धाको आधारमा २१ थान हाते क्ट्याक्टर र पाँच थान धान, गहुँ दुवै चुट्ने मिल्ने सात हर्ज क्षमताको थ्रेसर उपकरण उपलब्ध गराइएको हो ।
किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न, कृषिमा आधुनिकिरकण तथा यान्त्रीकरणतर्फ अघि बढाउन, कम लगानी धेरै आम्दानी र कम समयमा धेरै काम सहजै गर्नको लागी सहयोग पुराउने उद्देष्यले कृषि सामाग्रि किसानलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । गाउँपालिकाले किसानको लागि बजेटमा प्रथामिकता दिदै कार्यक्रमलाई सञ्चालन गर्दै आएकाले आगामी वर्ष पनि कृषिलाई प्रथामिकता दिएर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् ।
कृषि सेवा केन्द्रको शाखा प्रमुख भुवन तिमिल्सिनाले गाउँपालिकाभित्र रहेका कृषक, कृषक समूह, कृषि सहकारी सँस्था, कृषि फर्म लगायतबाट संकलन १५१ जना वटा निवेदन प्राप्त भएकोमा उत्कृष्ट निवेदनलाई ५० प्रतिशत अनुदानमा यान्त्रीकरण उपलब्ध गराइएको हो ।
आधा रकम अनुदानमा प्रदान गरिएको हातेट्याक्टर सात हर्सपावर क्षमताको लागी किसानले २३ हजार रुपैयाँमा प्राप्त गरेका छन् भने थ्रेसरको अनुदान सहुलियत पाएसगैँ किसानको ३० हजार रुपैयाँ परेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
