नुवाकोट – त्रिशुली अस्पतालले कोरोना भाइरस संक्रमण भई गम्भीर भएका बिरामीको उपचार गर्न अस्पतालमा आइसियु र भेन्टिलेटरको क्षमता विस्तार गरेको छ।
अस्पतालले मङ्गलबार सेवा सम्बन्धि प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा अबदेखि ७ वटा भेन्टिलेटरसहित ६ बेडको आईसियुबाट १२ बेड र ४ एचडीयुबाट ८ बेड गरी कुल २० बेड रहेको जनाएको छ ।
कोभिड सङ्क्रमित बिरामीहरुको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेसँगै कोभिड-१९ बाट सृजित भएको जटिल परिस्तिथिलाई मध्यनजर गर्दै सङ्क्रमित बिरामीको उपचारको दायरा बढाउन आजदेखि कोभिडका बिरामीहरुको उपचारको लागि थप बेड विस्तार गरिएको अस्पतालका मेडिकल सुपारीटेन्ड तथा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक डा. दिपेन्द्र पाण्डेले बताए ।
जटिल परिस्थितिको बाबजुद नुवाकोट, रसुवा र धादिङ गरि तीन जिल्लाको कोभिड सङ्क्रमित बिरामीहरुलाई आईसियु तथा एचडीयु मार्फत उपचार प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आईसियु बेड विस्तारको लागि जिल्लाका राजनैतिक दल, व्यवसायी, वित्तीय संघ/संस्था तथा गैर सरकारी संस्थाहरुले सुविधा सम्पन्न बेड र स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
हाल अस्पतालमा कोभिड-१९ बिरामीहरु ३४ जना उपचारत रहेका छन् ।
अहिलेसम्म अस्पतालमा ३२ जना कोभिड-१९ बिरामीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
