नुवाकोट – समुदायस्तरमा वित्तीय कारोबार गर्दै आई रहेको ग्लोबल आईएमई लघुवित्तले लिखु गाउँपालिकाको चौघडा स्वास्थ्य चौकी तथा आईसोलेसन वार्डलाई कोरोना नियन्त्रणको लागि २५ हजार रुपैंयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मङ्गलबार लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले स्वास्थ्य चौकीका प्रमुख सञ्जिवकुमार न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेको लघुवित्तका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्षले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको बताए। उनले यस किसिमको सहयोगले आफूलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको बताए।
आफ्ना १०२ वटा शाखा मार्फत देशभरका स्थानीय तहका अस्पताल र स्वास्थ्य चौकीहरुलाई २५ हजारका दरले सहयोग गरेको लघुवित्तले जनाएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
