काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूह अन्तर्गतको ९ लाख कित्ता शेयर बिक्री गरिने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १४० तोकिएको छ ।
संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता खरिद गर्न पाइने छ । अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिले मिति असार असार १६ गते सम्ममा बोलपत्र पेश गर्नुपर्ने छ ।
उक्त सेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाटको ठेगानामा पुग्ने गरी प्रतिकित्ता आफुले लिन चाहेको दर रेटसहित सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने सूचनामा जनाइएको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
