काठमाडौं – नागरिक संस्था फ्रिडम फोरमले रेडियो मेलम्चीलाई आर्थिक सहयोग गरेको छ ।

गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण पूर्ण रुपमा क्षति भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित रेडियो मेलम्चीलाई फोरमले ५० हजार रुपैँया सहयोग गरिएको कार्यकारी प्रमुख तारानाथ दाहालले जानकारी दिए ।

नागरिकको सूचना, समाचार र सम्पर्कसँग पहुँच पुर्‍याउन रेडियोलाई उक्त सहयोग गरिएको जनाएको छ ।

सम्बन्धित खवर