काठमाडौ – नेपाली काँग्रेसले तल्लो संरचना वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको संशोधित कार्य तालिका पार्टीको केन्द्रिय समितिको बैठकले अनुमोदन गरेको छ ।
काँग्रेसको
केन्द्रीय समिति बैठकले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मको महाधिवेशनको कार्य तालिका अनुमोदन गरेको हो ।
कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन १२ साउन, गाउँ नगरपालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौमा हुने भएको छ ।
त्यसैगरी केन्द्रिय महाधिवेशन १६–१९ भदौसम्म हुने भएको छ । सो प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले बिहीबारको केन्द्रीय समिति बैठकमा पेस गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
