काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको सूचना, प्रविधि समिति गठन भएको छ । चेम्बरका राजेन्द्र मल्लले कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।
चेम्बर अन्तर्गत गठित सूचना प्रविधि समितिको सल्लाहकारमा बिनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा क्रमस प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ,सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल नबिन जोशी मनोनित भएका छन् । उनीहरुलाई चेम्बर अध्यक्ष मल्लाले मनोनयन पत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस क्षेत्रको प्रवर्द्धनका लागी सूचना प्रविधि क्षेत्रसंग आवद्ध सवै निकायहरु लाग्नु पर्ने बताए । समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेका व्यवसायीहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखे ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
