नुवाकोट – विदुर नगरपालिकाले विभिन्न पदमा कर्मचारी आव्हान गरेको छ । नगरपालिकाको यहि साउन २४ गतेको सूचना अनुसार सब इन्जिनियर र सहायक कम्प्युटर अपरेटर गरी १९ जना कर्मचारीहरु करारका लागि आव्हान गरेको हो ।
ईच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र विदुर नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेडको त्रिशुली शाखामा रहेको खाता नं. ०२६०३०००००१००१०००००४ मा रकम दाखिला गरेको बैंक भौचर वा कार्यालयमा नगदी रसिदसहित दरखास्त दिन व्यवस्था गरिएको नगर कार्यपालिकाको कार्यालय प्रशासक अधिकृत मोहनप्रसाद मरासिनीले बताए ।
उक्त पदहरूको लागि दरखास्त फाराम नगरपालिकाको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ ।
दरखास्त फाराम भाद्र १२ गतेसम्म बुझाउनुपर्ने जनाएको छ ।
हेर्नुहोस् कर्मचारी आवश्यकता सम्बन्धि सूचना

दरखास्त फारम


© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
