काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ६२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३७ करोड ७ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३४.४१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ५२ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ७० करोड ७० लाख रुपैयाँ पुगेको छ।
चौथो त्रैमाससम्म बैंकले १ अर्ब २२ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आमदानी १ अर्ब १४ करोड रुपैयाँमा सीमित थियो।
बैंकले ३६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ७४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार ३९.२२ प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
बैंकले निष्क्रिय कर्जा (एनपीएल) २.६९ प्रतिशतबाट घटाएर २.१३ प्रतिशतमा झार्न सफल भएको छ। सीडी रेसियो ८१.३८ प्रतिशत रहेको बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ।
वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १३.९४ रुपैयाँबाट १७.७६ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३२.९३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८२.२० रुपैयाँ रहेको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
