काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीले गणेशप्रसाद भट्टराई स्मृति ग्रन्थ लोकार्पण गरेका छन् । बारा जिल्लाका तत्कालीन बहालवाला प्रजिअ गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरीका एसपी बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपी पोखरेलको घटनास्थलमा नै र प्रजिअ भट्टराईको उपचारको व्रmममा २०७५ फाल्गुण ६ गते निधन भएको थियो ।
कर्तन्व्य परायण राष्ट्रसेवक गणेशप्रसाद भट्टराईको सम्झनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले गरेका थिए ।
वरिष्ठ समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाले ग्रन्थका बारेमा समालोचनात्मक टिप्पणी गरेका थिए भने पोखरा विश्व विद्यालयका पूर्व उप–कुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराई लगायतका वक्ताहरूले गणेशप्रसाद भट्टराईको बहुआयमिक व्यक्तित्व र उनीसँगका सहकार्यका अनुभूतिहरूका बारेमा चर्चा गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
