विदुर – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादि नुवाकाेटले यहि असाेज २ गते जिल्लास्तरीय भेला हुने भएकाे छ।
नेपाल कम्युनिष्ट पार्टि एमालेमा देखापरेकाे व्यक्तिवादि चरित्र, असंवैधानिक कदम र निरङ्कुशता विरुद्ध पार्टीभित्र संघर्ष गर्दै आएकाे माधव नेपाल समुहले अन्तिम प्रयास गर्दा पनि एकता सम्भव नभएपछि हालै निर्वाचन आयाेगबाट दलकाे मान्यता पाएकाे नेकपा एकीकृत समाजवादिले देशभरि कार्यक्रमकाे आयाेजना गर्दै सङ्गठन निर्माणमा जुटेकाे छ।
नुवाकाेटकाे सदरमुकाम विदुरमा हुने भेलालाई पार्टीका नेता राजेन्द्र पाण्डेले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लाेहनीले जानकारी दिए।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
