नुवाकोट – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
