नुवाकोट – म्यागङ गाउँपालिका वडा नम्बर ६ मैबलका २९ वर्षीया सोमिका तामाङले थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पाँच वटा शिशुलाई जन्म दिएको हिजो ठिक एक वर्ष पुरा भएको छ ।
परिवारमा सबै खुशी छन् एकैपटक तीन देविलाइ जन्म दिएकोमा भनेर तर समुदायको कतिपयले भने तीन छोरी भयो अब फेरी छोरा पाउने होला भन्दा आफुलाइ अलि चित्त दुख्छ किन छोराको नै महत्व राख्छ समाज भनेर ।
तीन छोरीहरूको स्याहरसुसारमा व्यस्त रहेकि सोमिकालाई आफु संसारकै भाग्यमानि आमा लागेको बताउँछिन् । उनका अनुसार छोरीहरूको स्याहरसुसारमै एक वर्ष वितेको पत्तै पाएन । एकैसाथ तीन वटा बच्चा हुर्काउन सहज त छैन विहे गरेको ९ वर्ष पछि बच्चा हुदाँ त्यस माथि एकैपटक तीन छोरीहरू हुर्काउन पाउँदा अनेकौ दुःख कष्टहरू भएतापनि बच्चा उठ्दा, खेल्दा, हाँस्दा उनीहरू हेरेर आफ्ना सबै पीडा बिर्सिन्छ सोमिकाले बताइन् । उनले भनिन जिवन र मृत्युको दोसाधमा लड्दै गरेकि म शल्यक्रियामार्फत जन्मेका ती शिसुशरूको स्याहर सुरसारमा दुख कष्ट त भयोहोला तर आफुलाइ यो एक वर्ष खुसीमै वितेको महशुस भइरहेको छ ।
सोमिकालाइ शिशुहरूको स्याहरसुसारमा परिवारको सहयोग त छदैछ साथमा १ जनालाई सेवा सुविधा दिएर आफुलाई सघाउन राखेको बताइन । उनका अनुसार पति सामाजिक र राजनितिक काममा सक्रिय भएकाले परिवारलाई धेरै समाय दिन नसक्ने तर भ्याएको समयमा भने पतिले अतिनै सहयोग र छोरीहरूको स्याहारमा कुनै कसरत बाँकी नराख्ने गरेको बताएन् । परिवारमा सबै खुशी छन् एकैपटक तीन देविलाइ जन्म दिएकोमा भनेर तर समुदायको कत्तीपयले भने तीन छोरी भयो अब फेरी छोरा पाउने होला भन्दा आफुलाइ अलि चित्त दुख्छ किन छोराको नै महत्व राख्छ समाज भनेर ।

तीन शिशुहरू एकै साथ स्याहार्दै आएकी सोमिकालाइ सुरूमा एक महिना आफ्नै दुधले पुर्याउन सफल भएकोमा १ महिनापछि देखि भने बच्चाहरूलाइ दुध नपुगेकाले अन्य दुध पनि खुवाउँदै आएको बताइन् । उनका अनुसार साढे पाँच महिनादेखि भने लिटो, जाउलो तथा फलफुलहरू पनि खुवाउँदै आएको छ । प्रायः जम्ल्याहा, तिम्ल्याहा बच्चाहरूको रुचि र स्वभाव एउटै हुन्छ भनिन्छ तर उनीहरूको स्वभाव भने फरकफरक रहेको सोमिकाले बताइन । उनले भनिन सानोमा छोरीहरू पालैपालो सुत्ने हुदाँ कहिले त रातभर पनि निदाउन पाउँदैनथ्ये । तर अहिले ९/१० बजे तीर १०-१५ मिनेटको फरकमा निदाउँछन अनि सहजै छ तर अहिले खान खुवाउने बेला अलि गाह्रो नै छ । खान खुवाउन करीब डेढ घण्टा लाग्छ तीन जनानै एकै ठाउँमा झुमिन्छ कहिले, कहिले एकअर्कालाइ दन्दिने, कपडाहरू तान्दिने अनि रूने, एकलाइ खुवाए अर्को अन्त गइरहेको हुन्छ फेरी तानेर ल्यायो अर्को के गरीरहेको हुन्छ कहिले त आफ्नो विहानको खान खाने समय चै १/२ बज्छ ।
@sureshlamatamang09 3 sister?❤️
♬ original sound – Zaid Chughtaig
बच्चाहरूलाइ हप्तामा एकपटक नुहाउने गरेको बताउने सोमिकालाइ त्यस दिन भने अन्य दिन भन्दा बढि नै व्यस्त हुने गरेको सुनाइन । पालैपालो नुहाउने, तेल लगाउने अनि सुताउने लगायत कामले दिन बितेको पत्तै पाउँदैन सोमिकाले भनिन् । सोमिका भन्छिन् एक वर्ष बिति सकेछ तर अझै छोरीहरूको नाम भने टुंगो लागेको छैन । तीनै जनाको उस्तै सुनिने नाम राख्ने सोचमा छु उनले भनिन् ।
गर्भवती भएको तीन महिनामा भिडियो एक्सेरे गर्दा जुम्ल्याहा बच्चा रहेको स्वास्थ्यकर्मिले बताउँदा आफुलाइ अतिनै खुसी लागेकोमा एक हप्तापछि पुनःभिडियो एक्सेरे गर्दा भने ४ वटा बच्चा रहेको स्वास्थ्यकर्मिले बताएपछि आफु छागाँबाट खसे जस्तै भएको अनुभव सुनाउँदै उनले भने मरिन्छ जस्तो लाग्थ्यो थुप्रै स्वास्थ्यकर्मिहरूले चारवटा बच्चा अरूले नि जन्माइराछ आत्तिनु हुदैँन आरामले बस्नु भनेर सम्झाउँदा बाचिन्छ जस्तो लाग्ने तर मनमा भने अनेक कुरा खेली रहने हुदाँ साथमा एक जना चाहिँ अनिवार्य साथी राख्ने गरेकी थिए ।

सोमिका र हरिकुमार तामाङको विहे भएको ९ वर्ष भयो र त्यस विचमा दुई पटकसम्म गर्भ खेर गएको थियो । दुईपटक गर्भवति भएर पनि साँढे दुइ महिनाको र तीन महिनाको खेर गएपछि भने सोमिकाको लामो समयसम्म बच्चा नभएपछि स्त्री रोग विशेषज्ञहरूसंगको सल्लाह र उपचार पछि मात्र गर्भवती हुनुका साथै छोरीहरूको जन्म भएको सोमिकाकी पतिले बताए ।
लामो समयपछि बच्चा जन्मिने हुदाँ खुसीले सीमा नाघेको बताउने उनको पेटमा चारवटा बच्चा भएको थाह पाउने बितिकै होस् नै उडेको अनुभव सुनाए । त्यस लगतै जिल्ला नै छाडेर राजधानी काठमाडौं बस्न गएका उनलाई फेरी एक दिन अनौठौ अनुभुति भयो । बच्चा चल्दा कस्तो हुन्छ भन्ने पहिलो अनुभवमा नै आफु आत्तेर बसेको ठाउँबाट जुरूक्क उठेर भागेको बताउँदै उनले भने परिवारसंगै बसिरहेको थियो मुटुभन्दा केहि मुनि बरकबुरूक भयो अनि मत लाैन के भो भनेर आत्तेर उठेको अनि क्षमाले बच्चा चलेको हो तिम्रो धेरै भएकाले त्यस्तो भएको हो नआति भन्नु भो अनि डर लागेन ।

शल्यक्रियामार्फत जन्मेका पाँचमध्ये एक जनाको भने जन्मनु अघि मृत्यु भएको र चार जना जीवित रहेको थियो । जन्मिदा शिशुहरुको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको थियो । ८ सय ग्राम मात्र रहेको शिसुको तौल न्युन भएकाले स्वास्थ्यकर्मिको सुझाव अनुसार जन्मे लगतै आइसीयुमा राखेतापनि एक हप्तापछि मृत्यु भएको अस्पतालले जनाकारी दिएको सेमिकाको पति हरिकुमार तामाङले बताए । बच्चा जन्मेको एक वर्षमा जन्मादा भन्दा तीन गुणा बृद्दि र विकास हुनुपर्ने स्वास्थ्यकर्मिहरू बताउँछन् । उमेरअनुसार उनीहरूको तौल वृद्धि सन्तोषजक छ भएको पति तामाङले बताए । उनका अनुसार जेठि १८ सय ग्राम जन्मेकोमा अहिले ९ किलो, माइली १९ सय ग्राम रहेकोमा अहिले पाउने ९ किलो र कान्छी १६ सय ग्राम रहेकोमा अहिले ८ किलोको भएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
