काठमाडौं – सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको छ । हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको जनाइएको छ ।
७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
