नुवाकोट – देशव्यापीरुपमा शनिबार शुरु भएको नेकपा (एमाले)को वडा अधिवेशनको परिणाम आउन थालेको छ। विदुर नगरपालिका अन्तर्गतका ६ नम्बर वडाको परिणाम डबली खबरलाई प्राप्त भएको छ ।
नेकपा एमाले वडा नं. ६ विदुर नगर संगठन कमिटीको प्रथम अधिवेशनमा ३१ सदस्यीय वडा कमिटी बनेको छ । जसको अध्यक्षमा रामचन्द्र पौडेल, उपाध्यक्षमा विष्णुहरि रिमाल, सचिवमा राजकुमार रिमाल, उपसचिवमा श्यामबहादुर तामाङ र सविना नेपाल चयन भएका छन्।
निर्वाचित पदाधिकारीहरुलाई विदुर नगरपालिकाकी उपमेयर एवं नेकपा (एमाले) नुवाकोटका नेतृ गिताकुमारी दाहालले सपथ ग्रहण गराएकी थिईन् ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
