नुवाकोट – गएको असोज ३१ देखि कार्तिक ३ गतेसम्म परेको भारी वर्षाले नुवाकोट र रसुवामा लगाइएको छ हजार भन्दा बढी रोपनीमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।
वर्षात्ले पाकेर भित्र्याउन ठीक पारिएको नुवाकोट र रसुवाका ६ हजार १ सय २० रोपनी अर्थात् ३ सय ६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुर्याएको छ ।
१ हेक्टर बराबर २० रोपनी हुन्छ । नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको छ ।
धानको ठाडो बाला भन्दा र काटेर ढालेको धान वर्षाले खेतका आलीमा उम्रिएको छ ।
यतिबेला काटिएका धान २/३ दिन घाममा सुकाएर झट्ने गरिन्छ । वर्षाले धान खेतमै भिजेर उम्रिएपछि अब चामल किनेर खानुपर्ने बाध्यता बढेको किसानहरु बताउँछन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
