काठमाडौं – “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेक छन् ।
सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक सुवेदीले बताए ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
