काठमाडौं – प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा गायक सपुत नियुक्त भएका छन् । प्रभु बैंकले चर्चित गायक प्रकाश सपुतलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
नेपाली सांगितिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुतलाई प्रभु बैंकले ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएकोे छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको प्रधान कार्यालयमा गायक तथा कलाकार र प्रकाश सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंकले गत वर्षदेखि गायक तथा कलाकार प्रकाश सपुतलाई आप्mनो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेको थियो । उक्त अवधि समाप्त भएपछि थप अवधिका लागि प्रभु बैंकले ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको हो । नेपाली सांगितीक आकाशका उज्ज्वल नक्षत्रका रुपमा ख्यातिप्राप्त गायक एवं श्रोता तथा दर्शकहरुको अत्याधिक रुचीमा पर्न सफल कलाकार प्रकाश सपुत प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि प्रभु बैंक प्रतिको विश्वसनीयतामा वृद्धि हुने विश्वास बैंकले लिएको छ ।
प्रकाश सपुत नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा मोडल हुन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
