नुवाकोट – त्रिशुली अस्पतालका कोभिड वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले करार अवधि सुनिश्चित गर्न बागमती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोमबार त्रिशुली अस्पतालमा निरीक्षणको क्रममा आएकी राज्यमन्त्री नेपालीलाई कोभिड करारका ६६ जना स्वास्थ्यकर्मीहरुले संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र बझाएका हुन् ।

“कोभिड-१९ को पहिचान, रोकथाम, उपचार र निदानको निमित्त खटेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विगत चार महिनादेखि भुक्तानी नभएकोले यथाशीघ्र तलब उपलब्ध गराईदिन हुन र बढ्दै गएको कोरोनको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस विश्वव्यापी तथा नेपाल पनि बढी रहेको अवगतनै छ, यस्तो अवस्थामाअ पौषमसान्तबाट करार अवधि भंग गरि हटाउन खोजेको भन्ने कुरा सुन्न आएकोले माघबाट सम्पूर्ण कोभिड करार कर्मचारीहरुको करार अवधि निरन्तताको सुनिश्चित गरिदिन हुन् र जोखिम भत्ता उपलब्ध नभएकोले उपलब्ध गराईदिन हुन ” पत्रमा उल्लेख छ।

अस्पतालमा विभिन्न पद आरटि-पिसीआर ल्याब, कोभिड आईसियु र एचडीयु, कोभिड वार्ड, कोभिड स्क्रीनिंङ र उपचारमा कार्यरत मेडिकल अधिकृत, ल्याबरोटरी स्टाफ, नर्सिंङ स्टाफ, पारामेडीक्सि, कार्यालय सहयोगी गरि ७० भन्दा करार स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।

सम्बन्धित खवर