रसुवा – हेलिकप्टरबाट आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङकी २१ वर्षिय मुना तामाङको हेलिकप्टरबाट उद्वार गरिएको छ ।
सुत्केरी व्यथाले च्यापेकाे २४ घण्टाभित्रसम्म पनि उच्च रक्तश्राप भई अवस्था गम्भीर भएपछि सडकको स्थिति खराब भएका कारण सडकबट लैजान नसक्ने अवस्था भएपछि तत्कालै राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गाउँपालिकासँग समन्वय गरि बुधबार थापथलिस्थित प्रसुतिगृह काठमाडौं हेलिकप्टरमार्फत पठाईएकाे प्रमुख जिल्ला अधिकारी नवराज जैशीले जानकारी दिए ।
सुत्केरीका बुबा केरसिंह तामाङका अनुसार अस्पताल पुर्याए लगत्तै शल्यक्रिया गरेर हेर्दा बच्चाको पेटमै मृत्यु भइसकेको थियो । उनले भने “अलि ढिला भएको भए आमाको समेत ज्यान जाने रहेछ । अहिले छोरीको स्वास्थ्य सामान्य रहेकाे छ।”
उनलाई अस्पतालले बिहिबार दिउँसोनै डिस्चार्ज गरी घर पठाएकाे छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
