नुवाकोट – कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु आज सोमबारदेखि स्थगित गरेको छ।
महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण बढ्दै गएको अवस्थामा कार्यालयका कर्मचारीहरु समेत संक्रमित भइ उपचार एवम् होम आइसोलेशनमा रहेकाले सेवा कटौती गरेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारीनवराज जैसीका अनुसार कार्यालयको नयाँ तथा प्रतिलिपि नागरिकता, राहदानी लिन तथा ईपासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संघसंस्था सम्बन्धि र मतदाता नामावली संकलन सम्बन्धी फाँटतर्फको सेवा माघ १४ गतेदेखि लागु हुने गरी हाललाई स्थगित गरिएको छ। शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने रसुवा प्रशासनले जनाएको छ।
.jpg)
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
