काठमाडौं – पछिल्लो समय फैलिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण राष्ट्रिय वाणिज्य बैंकका १४ शाखाहरु बन्द भएका छन् ।

देशभरका शाखाका दुईसय ७३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै १४ शाखाहरु बन्द गर्नुपरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

सोमबार बैंकको ५७ औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालभर २ सय ५८ शाखा कार्यालयमध्ये १४ ओटा शाखा कार्यालयहरु बन्द गर्नुपरेको बताए । जसले गर्दा ग्राहकवर्गमा असुविधा भएको छ ।

सम्बन्धित खवर