नुवाकोट – नेकपा माओवादी केन्द्र विदुर नगरपालिका १२ नम्वर वडाको कार्यालयको उद्घाटन गरिएको छ ।

आईतबार एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्र विदुर नगर कमिटिका इन्चार्ज रामचन्द्र पौडेलले चारघरे माँझगाउँमा केन्द्रको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ११ जना पुरुषले रक्तदान गरेको विदुर-१२ का वाईसिएल संयोजक पाण्डव रिमालले जानकारी दिए ।

रक्तदानमा १२ नम्बर वडा कमिटी कमिटीको समन्वय र रेडक्रस नुवाकोटको प्राविधिक सहयोगमा भएको थियो ।

सम्बन्धित खवर