नुवाकोट – प्रसुती व्यथा लागेकी दुप्चेश्वर गाउँपालिकाकी २३ वर्षीय रिता तामाङको हेलिकप्टरबाट उद्धार गरिएको छ । वडा नम्बर ३ राउतबेंशीकी तामाङको आज दिउँसो उद्वार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको नि:शुल्क हवाई उद्दार सेवा कार्यक्रम अन्तर्गत तामाङको उद्वार गरिएको गाउँपालिका अध्यक्ष योविन्द्रसिङ तामाङले जानकारी दिए ।
“यो कार्यक्रमले दुर्गम क्षेत्रको ज्यान जोखिम मा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरि तोकिएको पायक पर्ने निर्दिष्ट अस्पतालहरुमा पुराउने व्यवस्था गरेको छ”, अध्यक्ष तामाङले भने “राउतबेंशी स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको अथक प्रयासपछि पनि सुत्केरी गराउन नसकेपछि हवाई उद्दार गरि थापाथलीको प्रसुती गृह पठाईएका हौं ।”
हवाई उद्दार कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिकाबाट सेवा पाउने तामाङ छैठौं महिला हुन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
