नुवाकोट – नेकपा माओवादी केन्द्र नुवाकोट संयोजकमा पुष्प लामिछानेलाई जिम्मेवारी प्रदान गरेको छ ।
बागमती प्रदेश समिति काठमाडौंमा बसेको दोश्रो पुर्ण बैठकले लामिछानेलाई संयोजकसहित नुवाकोटका १२ वटै स्थानीय तह तथा निर्वाचत क्षेत्रमा नेतृत्व प्रदान गरेको छ ।
संघीय निर्वाचन क्षेत्र नम्बर १ को ईञ्चार्जमा शिव खाती, निर्वाचन क्षेत्र नं. १ ‘क’ प्रदेश ईञ्चार्जमा तेजबहादुर तामाङ र ‘ख’ प्रदेश निर्वाचन क्षेत्र ईञ्चार्ज सीता खतिवडा लामालाई जिम्मेवारी दिएको छ । यस्तै, क्षेत्र नम्बर २ को ईञ्चार्जमा केशव पुडासैनी, निर्वाचन क्षेत्र नं. २ ‘क’ प्रदेश ईञ्चार्जमा सुभद्रा नेपाल र क्षेत्र २ ‘ख’ प्रदेश ईञ्चार्जमा राममाया बोगटी तोकेको छ ।
बैठकले स्थानीय तहहरुमा ईञ्चार्ज समेत तोकेका छन् । विदुरमा रामचन्द्र पौडेल, बेलकोटगढीमा नविन पुडासैनी, ककनीमा उत्तम घिमिरे, शिवपुरीमा राजनलाल श्रेष्ठ, पञ्चकन्यामा रत्नबहादुर सुनार, दुप्चेश्वरमा लालबहादुर तामाङ, तादीमा गमला श्रेष्ठ, लिखुमा विवेक ढकाल, सुर्यगढीमा सुबास तामाङ, किस्पाङमा अर्जुनप्रसाद न्यौपाने, म्यागङमा रामेश्वर खड्का र तारकेश्वरमा राजेन्द्र न्यौपानेलाई ईञ्चार्ज तोकेको छ ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
