खरानीटार – पूर्वमन्त्री एवम् नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले कृषकलाई मल सहज उपलब्ध गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
नुवाकोटको तादी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता मैनालीले उक्त ध्यानाकर्षण गराएका हुन् ।
“विगतको सरकारले जनताको अति आवश्यक वस्तु मल कारखाना बनाउने निर्णय गरेको थियो”, नेता मैनाली भने “त्यो निर्णय अहिले कहाँ पुग्यो? कहाँ के हुदैंछ? अहिले जनताले खेतीपाती लगाउने समयमा मल नपाएर विदेशबाट आयत गर्नुपर्ने अवस्था छ । त्यो पनि समयमा नपाईने अवस्था छ ।”
उद्घाटन समारोहमा बोल्दै नेता मैनालीले ओलीसरकारले निर्णय गरेको टोखा-छहरे सुरुङमार्गको अवस्थाबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।
सरकारले सिसडोलका जनताको समस्याहरु जग्गा अधिकरण, पूर्वाधार निर्माण, अधिकार सम्पन्न समिती विषय लगायतका मागलाई छिटै नै वैज्ञानिक ढंगले सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापनलाई सहज गर्न नेता मैनालीले ध्यानाकर्षण गराएका छन् ।
© 2026, All right reserved to Uttargaya Daily Newspaper
Site by: Trishuli Web
