नुवाकोट – प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा मञ्च प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल सर्वसम्मत चयन भएका छन् ।

चौथौं जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा १३औं सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा पौडेल, सहसचिवमा विविना लामिछाने र कोषाध्यक्षमा शम्भु गजुरेल चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा प्रदिपकुमार भट्ट, दुर्गा पनेरु, राजकुमारी खड्का, शुसिला नेपाल, काजी खान, रामेश्वर गजुरेल, सुदन लामिछाने र कोपिला अर्याल चयन भएका छन् ।

लेखन र साहित्यमार्फत् समाजलाई परिवर्तन तथा न्यायपुर्ण समाज निर्माणमा निर्देशित गर्न अग्रसर हुनुपर्ने सरोकारवालाले धारणा राखेका थिए ।

सम्बन्धित खवर